ad ad

समाज


थप ३७ सय ४९ मा कोरोना पुष्टि, ३५ सय ६४ निको भए

थप ३७ सय ४९ मा कोरोना पुष्टि, ३५ सय ६४ निको भए

नेपालखबर
असोज २९, २०७७ बिहिबार १०:४२,

नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ७४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मनत्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले देशभरमा थप ३ हजार ७४९ जनामा संक्रमण पुष्टि भएको बताए।

यससँगै कुल संक्रमितको संख्या १ लाख २१ हजार ७४५ पुगेको छ। प्रवक्ता गौतमका अनुसार आज देशमा सक्रिय संक्रमितको संख्या ३६ हजार ५३३ रहेको छ। संस्थागत आइसोलेसनमा १२ हजार ३३९ जना रहेका छन्।

पछिल्लो २४ घण्टामा थप १६ हजार ५९८ पीसीआर परीक्षण भएका छन्।

 आज थप ३ हजार ५६४ जना संक्रमित निको भएका छन्। आजसम्म निको हुनेमा संख्या ८४ हजार ५१८ रहेकाे छ।

यस्तै गएको २४ घण्टामा १९ जनाको ज्यान गएसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ६ सय ९४ पुगेको प्रवक्ता  गौतमले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .