ad ad

समाज


तीजतिर कास्की प्रशासनको तीर!

तीजतिर कास्की प्रशासनको तीर!

वाशुदेव मिश्र
साउन १०, २०७६ शुक्रबार १५:५८,

कास्की प्रशासनले ‘समाजको सहनशीलता र मौलिकता’मा रहेर तीज मनाउन महिलाहरुलाई निर्देशन दिएको छ। 

जिल्ला प्रशासन कार्यालय कास्कीका प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतमद्वारा शुक्रबार जारी गरिएको सूचनामा बढ्दो तडकभडक कम गर्न, ध्वनी प्रदुषण हुन नदिन र फजुल खर्च कम गर्न पनि सुझाएको छ। निर्देशनात्मक पारामा जारी गरिएको सूचनामा निर्देशन बर्खिलाप हुने गरी भएका कामहरुको शुष्म निगरानी राखिएको र सूचना अटेर गर्नेलाई कारवाही गर्ने चेतावनी पनि दिइएको छ।

जिल्ला प्रशासनले जारी गरेको सूचनामा उल्लेखित ‘समाजको सहनशीलता र मौलिकता’ भनेको के हो भन्ने स्पष्ट छैन। तर, प्रशासनले तीज आउनुअघि नै यहाँका पार्टी प्यालेसहरु बुकिङ हुन थालेको,अग्रिम टिकट बिक्री थालिएको सूचना प्राप्त भएको र नारी जागरण अभियानलगायतका संघ/संस्थाले तीजको मौलिकतामा आँच आउने गतिविधि हुन थालेको भन्दै मौलिकता संरक्षणको अनुरोध गरेकोले सूचना जारी गरिएको बताएको छ।

नारी जागरण अभियानले यसअघि नै जिल्ला प्रशासन कार्यालय कास्कीमा ज्ञापनपत्र बुझाउँदै तीजको मौलिकतामाथि धावा बोलिएको, तीज नारीहरुको मौलिक पर्वभन्दा पनि तडकभडक र गहना प्रदर्शन गर्ने पर्व बनेको भन्दै यस्ता प्रवृत्ति रोक्न माग गरेको थियो।

आउँदो भदौ १५ गते यो वर्षको तीज परेको छ। कास्की प्रशासनले समेत तीजलाई ‘दिनभर निराहार ब्रत बसी त्यसको एकदिन अगाडि दर खाने पर्व’को रुपमा परिभाषित गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .