ad ad

राजनीति


प्रदेश २ सरकारले अब आफ्नै गुप्तचर राख्न पाउने

प्रदेश २ सरकारले अब आफ्नै गुप्तचर राख्न पाउने

शैलेन्द्र महतो
असोज २५, २०७७ आइतबार १४:७,

प्रदेश २ सरकारले अब आफ्नै गुप्तचर राख्न पाउने भएको छ। प्रदेश अनुसन्धान ब्युरोको स्थापना, काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएपछि प्रदेश सरकारले आफ्नै अनुसन्धान अधिकारी राख्न पाउने भएको हो।

लामो समयको अन्तरालमा आइतबार बसेको प्रदेशसभा बैठकले आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवले संशोधनसहित प्रदेशसभामा लगेको सो विधेयक पारित भएको हो।

पारित भएको सो विधेयक प्रदेश प्रमुखबाट प्रमाणीकरण भएपछि प्रदेश सरकारले प्रदेश भित्रको शान्ति सुरक्षा तथा सुव्यवस्था कायम राख्न अनुसन्धान ब्युरो गठन गर्न पाउने छ।

प्रदेशभित्र शान्ति, सुरक्षा तथा सुव्यवस्था कायम राख्न तथा आवश्यक सूचना संकलन तथा प्रशोधन गर्ने उद्देश्यका साथ आफ्नै अनुसन्धान ब्युरो गठन गर्ने आन्तरिक मामलिा तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले बताए।

ब्युरोले प्रदेशभित्र भएका वा हुनसक्ने अपराध वा अपराधजन्य गोप्य सूचना संकलन गर्ने गराउने विधेयकमा व्यवस्था छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .