समाज


बस र ट्रक ठोक्किँदा १५ घाइते

बस र ट्रक ठोक्किँदा १५ घाइते

नेपालखबर
साउन १०, २०७६ शुक्रबार ७:४३,

चितवनमा सवारी दुर्घटना हुँदा १५ जना घाइते भएका छन्।

वीरगञ्जबाट धादिङ जाँदै गरेको ना८ख ६०५८ नंको यात्रुबाहक बस र काठमाडौँबाट नारायणगढतर्फ जाँदै गरेको ना६ख २८९५ नंको मालबाहक ट्रक शुक्रबार बिहान ८ः४० बजे पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना– ४ लेवाटारमा एकआपसमा ठोक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ।

घाइतेको उपचारका लागि भरतपुर लगिएको छ। दुर्घटनापछि अवरुद्ध भएको सडक बिहान १० बजेदेखि एकतर्फी सञ्चालनमा आएको छ।

ट्रक चालक फरार रहेको प्रहरीले जनाएको छ। अहिले दुर्घटनामा परेका ट्रक र बसलाई सडकबाट हटाई दुईतर्फी सवारी सञ्चालनमा ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .