उत्तर कोरियाले बिहीबार आफूले गरेको दुईवटा क्षेप्यास्त्र परीक्षण दक्षिण कोरियाका लागि चेतावनी भएको बताएको छ।
उत्तर कोरियाले बिहीबार सि अफ जापानमा दुईवटा नयाँ क्षेप्यास्त्र परीक्षण गरेको थियो। अमेरिका र दक्षिण कोरियाले संयुक्त सैन्य अभ्यास गर्ने तय भइसकेको छ।
यस विषयबाट उत्तर कोरिया निराश बनेको हो। सैन्य अभ्यास युद्धको तयारी भएको उत्तरको ठहर छ।
सो संयुक्त सैन्य अभ्यास हुने भएपछि उत्तर कोरियाले चेतावनी स्वरुप क्षेप्यास्त्र परीक्षण गरेको उत्तर कोरियाली नेता किम जोङ उनले जनाएका छन्।
किमले आफू नयाँ क्षेप्यास्त्रबाट सन्तुष्ट भएको बताएका छन्। उनका अनुसार नयाँ क्षेप्यास्त्र खतरनाक भएको र त्यसबाट बच्न सहज नहुने दाबी गरेका छन्।
दक्षिण कोरियाले अमेरिकासँग संयुक्त सैन्य अभ्यास गर्ने कार्य प्योङयाङ र दक्षिणबीचको तनाव थप बढाउने कार्य भएको उत्तरको ठहर छ।
दक्षिण कोरियाले भने तनाव मत्थर पार्ने काममा असहयोगी हुने गतिविधि बन्द गर्न प्योङयाङलाई आग्रह गरेको छ।
अमेरिकाले भने उत्तरको सैन्य अभ्यास खतरापूर्ण नभएको तर्क गरेको छ। एजेन्सी
Shares
प्रतिक्रिया