समाज


पतिको कुटाइबाट घाइते पत्नीको मृत्यु

पतिको कुटाइबाट घाइते पत्नीको मृत्यु

नेपालखबर
असोज २३, २०७७ शुक्रबार १५:२३,

खोटाङमा पतिको कुटपिटबाट पत्नीको मृत्यु भएको छ।

पतिको कुटपिटबाट गम्भीर घाइते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ तालखर्ककी ४४ वर्षीया ज्ञानकुमारी पुरी (गिरी) को अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।

घरायसी विवादमा पति डम्बरबहादुर गिरीले प्रहार गरेको मसला पिस्ने लोहोरो (ढुङ्गा) ले लागेर गम्भीर घाइते ज्ञानकुमारीको जिल्ला अस्पताल दिक्तेलमा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौँ लैजानेक्रममा शुक्रबार बाटैमा मृत्यु भएको हो।

पतिको कुटाइबाट ज्यान जोगाउन ज्ञानकुमारी भाग्दै गएर छिमेकी खड्ग गिरीको घरमा पुगेपछि बेहोस भएकी थिइन्। उनलाई स्थानीय बासिन्दा र प्रहरीले उद्दार गरेर जिल्ला अस्पताल दिक्तेल पुर्याएका थिए। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौँ लैजानेक्रममा हलेसी नजिकै खोक्सेली भन्ने ठाउँमा मृत्यु भएको मृतकका भाइ पदम पुरीले जानकारी दिए।

ज्ञानकुमारीको शव परीक्षणका लागि जिल्ला अस्पताल दिक्तेलमा राखिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले बताए।

आफूले प्रहार गरेको लोहोरोले लागेर पत्नी बेहोस भएपछि पति डम्बरबहादुर फरार भएका प्रत्यक्षदर्शीले बताएका छन्। डम्बरबहादुरको खोजी सुरु गरिएको डिएसपी चिमरियाले बताए।

पतिपत्नीबीच शुक्रबार बिहान पाँच बजे विवाद भएको थियो। तालखर्कमा होटल व्यवसाय गर्दै आएका गिरी दम्पतीबीच यसअघि पनि मादक पदार्थ सेवन गरेर झगडा हुने गरेको छिमेकीले बताएका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad