ad ad

समाज


जिनोम एडिटिङ विधिको विकास गर्ने यी दुई वैज्ञानिकले पाए रसायनशास्त्रतर्फको नोबेल पुरस्कार

जिनोम एडिटिङ विधिको विकास गर्ने यी दुई वैज्ञानिकले पाए रसायनशास्त्रतर्फको नोबेल पुरस्कार

नेपालखबर
असोज २१, २०७७ बुधबार १०:१,

जिनोम एडिटिङ विधिको विकास गर्न सफल भएकामा फ्रान्सकी वैज्ञानिक इम्यानुएल चारपेन्टिएर र अमेरिकी वैज्ञानिक जेनिफर ए. डाउड्नालाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिएको जनाइएको छ।

जिनोम एडिटिङ विधिबाट जीवित जीवको आनुवंशिक सामग्री हेरफेर गरिन्छ। सामन्यतया बाली वा पालिएका जनावरको आनुवंशिक असन्तुलनलाई सुधार गर्न यो प्रक्रिया अपनाइन्छ।

यसअघि सोमबार चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिएको थियो।

हेपटाइटिस सी भाइरस लगाउन महत्वपूर्ण भूमिका खेल्ने वैज्ञानिक हार्भी जे अल्टर, माइकल ह्युस्टन र चार्ल्स एम राइसलाई संयुक्त रुपमा नोबेल पुरस्कार प्रदान गरिएको थियो।

मगलबार भने ब्ल्याक होल र तारापुञ्जको अध्ययन गर्ने तीन वैज्ञानिकलाई भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिएको थियो।

रोयल स्विडिस एकेडेमी अफ साइन्सले मंगलबार रोजर पेनरोजलाई ब्ल्याक होलबारे गरेको अध्ययनमा र रिनहार्ड गेनजल र आन्द्रे गेजलाई तारापुञ्जबारे गरेको अध्ययनमा संयुक्त रुपमा नोबेल पुरस्कार प्रदान गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .