समाज


बुटवलमा कोरोना संक्रमित पुरुष र महिलाको मृत्यु, यस्ता थिए लक्षण

बुटवलमा कोरोना संक्रमित पुरुष र महिलाको मृत्यु, यस्ता थिए लक्षण

प्रकाश न्यौपाने
असोज २१, २०७७ बुधबार ३:३३,

रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ।

अस्पतालका अनुसार पश्चिम नवलपरासीको सुनवल नगरपालिका-५ का ७६ वर्षीय पुरुष र बुटवल उपमहानगरपालिका-९ की ५५ वर्षीया महिलाको मृत्यु भएको हो।

लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार संक्रमित पुरुषमा उच्च ज्वरो र उच्च रक्तचापको समस्या थियो।

यही असोज १५ गते स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा उनमा १६ गते कोरोना पुष्टि भएको थियो।

त्यसपछि उनलाई बुटवलमा रहेको कोरोना अस्पतालको आईसीयूमा राखिएको थियो। उपचारका क्रममा मंगलबार राति १२:५० बजे उनको मृत्यु भएको उनले बताए।

यस्तै बुटवलकी कोरोना संक्रमित महिलामा सुक्खा खोकी, ज्वरो र उच्च रक्तचापको समस्या रहेको डा।गौतमले जानकारी दिए। श्वासप्रश्वासमा समस्या भएपछि असोज १७ गते पीसीआर परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको थियो।

उपचारकै क्रममा बुधबार बिहान साढे ५ बजे उनको मृत्यु भएको अस्पतालले जनाएको छ।

यसअघिकोरोना संक्रमणबाट काठमाडौँका दुई महिलासहित थप ९ जनाको मृत्यु

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .