ad ad

समाज


बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्रले नेपालबाट मनसुन बाहिरिन दिएन

बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्रले नेपालबाट मनसुन बाहिरिन दिएन

नेपालखबर
असोज १८, २०७७ आइतबार ०:५०,

नेपालको पश्चिमी क्षेत्रबाट मनसुन बाहिरिएको चौथो दिन भइसक्दा पनि पूर्वी क्षेत्रमा भने यो अझै कायमै छ।

मौसमविद्का अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशको पूरै भूभाग तथा प्रदेश ५ को पश्चितर्फ आधाजसो क्षेत्रबाट गत बिहीबारदेखि नै मनसुन हटिसकेको छ तर त्यसयता पूर्वका सबै क्षेत्रमा अझै मनसुनी प्रभाव छ।

मौसमविद्का अनुसार बंगालको खाडीको बनेको न्यून चापीय क्षेत्रको प्रभावले नेपालका बाँकी भूभागबाट मनसुन हट्न नसकेको हो।

यसैकारण प्रदेश ५, गण्डकी, बागमती, प्रदेश २ र १ का केही स्थानमा कम्तीमा अझै ३ दिनसम्म हल्का वर्षाको सम्भावना छ।

मौसम पूर्वानुमान महाशाखाले आइतबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार यस्तो छ मंगलबारसम्म वर्षाको सम्भावना :

असोज १८ गते आइतबार
दिउँसो : प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशमा आंशिक बदली रही प्रदेश १ का थोरै स्थान तथा प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

राती : प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशमा आंशिक बदली रही प्रदेश १ र गण्डकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा तथा प्रदेश २, बागमती प्रदेश र प्रदेश न ५ का एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

असोज १९ गते सोमबार
दिउँसो : प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशमा आंशिक बदली रही प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै स्थान तथा गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

राती : प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशमा आंशिक बदली रही प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

असोज २० गते मंगलबार
दिउँसो : प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली र बाँकी प्रदेशमा आंशिक बदली रही प्रदेश १ का थोरै स्थान तथा प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

राती : प्रदेश १ मा सामान्य बदली र अन्य प्रदेशमा आंशिक बदली रही प्रदेश १ का एक दुइ स्थानमा हल्का वर्षाको सम्भावना छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .