समाज


कोरोना संक्रमणबाट भक्तपुरमा घरमै आइसोलेसनमा बसेका पुरुषसहित थप चार जनाको मृत्यु

कोरोना संक्रमणबाट भक्तपुरमा घरमै आइसोलेसनमा बसेका पुरुषसहित थप चार जनाको मृत्यु

नेपालखबर
असोज १७, २०७७ शनिबार ८:३९,

नेपालमा कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ।

शनिबार बिहानमात्रै काेराेना संक्रमणबाट भक्तपुर, चितवन, झापा र सुनसरीमा एक/एक जनाको मृत्यु हो।

मध्यपुरथिमि–१ लोहकिल्थलीमा कोरोना संक्रमणका कारण एक पुरुषको मृत्यु भएको छ। घरमै आइसोलेसनमा बसेका ५० वर्षीय ती पुरुषको शनिबार बिहान पाटन अस्पताल लैजाँदै गर्दा मृत्यु भएको परिवारले जनाएको छ।

पाँच दिनअघि कोरोना पुष्टि भएका ती पुरुष निमोनियाका पुराना बिरामी भएको पारिवारिक स्रोतले जानकारी दिएको छ। नेपाल विद्युत् प्राधिकरणका कर्मचारीसमेत रहेका ती पुरुषलाई शुक्रबार साँझ श्वासप्रश्वासमा समस्या भएर अवस्था जटिल बनेको थियो।

 त्यस्तै झापाको दमक नगरपालिका–७ कि एक वृद्धा महिलाको पनि कोरोना भाइरसको संक्रमणबाट शनिबार बिहान मृत्यु भएको छ। केही दिनअघि ज्वरोसँगै रुघाखोकी लागेपछि उनलाई पाँच दिनदेखि विराटनगरको कोशी कोभिड–१९ उपचार केन्द्रमा भर्ना गरिएको थियो।

उपचार केन्द्रको भेन्टिलेटरमा राखेर उपचार भइरहेको उनको आज बिहान मृत्यु भएको नगरपालिकाको स्वास्थ्य शाखाका अधिकृत नगेन्द्र भट्टराईले बताए।

त्यस्थै चितवनमा कोरोनाको संक्रमणबाट शनिबार एक पुरुषको मृत्यु भएको छ। पुरानो मेडिकल कलेजमा उपचारका क्रममा भरतपुर महानगरपालिका–१५ का ३५ वर्षीय पुरुषको मृत्यु भएको हो।

असोज १५ गते कलेजोको समस्या भई अस्पताल भर्ना भएका उनमा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको थियो। अस्पतालको कोभिड सघन उपचारकक्षमा उपचारका क्रममा आज बिहान १०ः४४ बजे पुरुषको मृत्यु भएको अस्पतालका जनसम्पर्क विभाग प्रमुख दुर्गा न्यौपानेले जानकारी दिए।

उसैगरी धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुनसरीको इनरुवा नगरपालिका–४ कि २८ वर्षीया कोरोना संक्रमित युवतीको मृत्यु भएको छ।

ृनको शनिबार बिहान उपचारकै क्रममा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा आशीष श्रेष्ठले जानकारी दिए।

उनलाई असोज ८ गते संक्रमण पुष्टि भएपछि सोही दिन प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो। उनलाई कुनै दीर्घ रोग नभएको प्रतिष्ठानले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad