ad ad

समाज


सक्रिय संक्रमितको संख्या २५ हजार पुगे पनि अब लकडाउन नहुने

सक्रिय संक्रमितको संख्या २५ हजार पुगे पनि अब लकडाउन नहुने

नेपालखबर
असोज १६, २०७७ शुक्रबार २३:४५,

देशैभर कोरोनाका सक्रिय संक्रमितको संख्या २५ हजार पुगे पनि लकडाउन नहुने सरकारले स्पष्ट पारेको छ।

शुक्रबार आयोजित नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले तत्काल लकडाउन गर्ने योजना नभएको जनाएका हुन्।

‘देशमा फेरि पनि लकडाउन गर्ने योजना रहेको छैन’, गौतमले भने, ‘अहिलेकै अवस्थामा सङ्क्रमित बढ्न थाले भने सरकारी संरचनाले थेग्न नसक्ने भनिएको हो। त्यस्तो अवस्थामा हामी निजी स्वास्थ्य संस्थासँगको सहकार्यमा सङ्क्रमितको उपचार गर्छौँ।’

७ असोजमा स्वास्थ्य सचिव लक्ष्मण अर्यालको अध्यक्षतामा बसेको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले देशभर सक्रिय सङ्क्रमितको संख्या २५ हजार पुगेको अवस्थामा सरकार समक्ष लकडाउनको सिफारिस गर्ने निर्णय गरेको थियो। जसको कारण दशैं, तिहारको मुखमा पुनः लकडाउन हुने भयले सर्वसाधारण चिन्तित हुन थालेका थिए।

शुक्रबार साँझसम्मको तथ्यांक अनुसार देशभरमा सक्रिय संक्रमितको संख्या २१ हजार २ दुई सय ३४ पुगेको छ ।

सक्रिय सङ्क्रमित २५ हजार पुगे सरकारी स्वास्थ्य संस्थाको क्षमताले नधान्ने निष्कर्षसहित सरकारले त्यतिबेला निजी स्वास्थ्य संस्था र होटलमा राख्ने योजना बनाएको स्रोतले जनाएको छ।

सरकारले गएको चैत ११ गतेदेखि साउन ६ गतेसम्म देशभर लकडाउन गरेको थियो। त्यस्तै ४ भदौदेखि तीनसातासम्म काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू गरेको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .