पाँच दिनदेखि हराइरहेका गुल्मीको इस्मा गाउँपालिका ३ दर्लामचौरका एक व्यक्ति मृतावस्थामा फेला परेका छन्।
दर्लामचौरको खाँसिचौरमा हराइरहेका ४९ वर्षीय वीरबहादुर कुमाल शुक्रबार मृतावस्थामा फेला परेका हुन्।
इस्मा ५ अँधेरी खोलामा उनको शव सडेका अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार रावलले जनाकारी दिए। स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।
प्रहरी टोलीले घटनास्थलमा स्थलगत मुचुल्का गरेपछि शव परीक्षणका लागि गुल्मी अस्पताल तम्घास ल्याइने प्रहरी निरीक्षक रावलले बताए।
यसैबीच इस्मा ३ का एक व्यक्ति गत बिहीबार बेलुकीदेखि बेपत्ता बनेका छन्। दर्लामचौरका ६५ वर्षीय इन्द्रमणि मरासिनी घरमा सामान्य विवाद भएपछि घरबाट निस्केर हिँडेको र अहिलेसम्म सम्पर्कमा नआएको इस्मा ३ का वडाध्यक्ष तोयनाथ सापकोटाले जानकारी दिए। रासस
Shares
प्रतिक्रिया