ad ad

समाज


नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ सय नाघ्यो

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ सय नाघ्यो

नेपालखबर
असोज १५, २०७७ बिहिबार १०:५०,

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ सय नाघेको छ।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५०९ पुगेको हो।

आज १ महिला र १० पुरुषको निधन भएको मन्त्रालयले जनाएको छ।

मृत्यु हुनेमा काठमाडौँका ४, सुनसरीका ३ र रुपन्देहीका ३ गरी १० पुरुष र बाँकेकी एक महिला रहेका छन्।

मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितहरुको मृत्यु प्रतिशत ०.६५ रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .