ad ad

समाज


गुप्तचरकै परीक्षा कीर्ते, नक्कली इन्स्पेक्टरसहित ८ जना पक्राउ

गुप्तचरकै परीक्षा कीर्ते, नक्कली इन्स्पेक्टरसहित ८ जना पक्राउ

नेपालखबर
असोज १५, २०७७ बिहिबार ९:५२,

राष्ट्रिय अनुसन्धान विभागकै परीक्षा नक्कली सञ्चालन भएको पाइएको छ। पर्साको एक पार्टी प्यालेसमा राष्ट्रिय अनुसन्धान सहायक सूचकको नक्कली परीक्षा सञ्चालन गरेको पाइएकोे हो।

बुधबार दिउँसो नक्कली परीक्षा सञ्चालन गरिररहेको विशेष सूचनाका आधारमा प्रहरीले ८ जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा जितपुर सिमरा उपमहानगरपालिका ७ का २९ वर्षीय अजय कुमार राय सहित ८ जना रहेको पर्साकी प्रहरी प्रमुख एसपी गंगा पन्तले बताइन्।

वीरगंज महानगरपालिका ५ कुमाल टोलस्थित देव पार्टी प्यालेसमा उनीहरुले परीक्षा सञ्चालन गरिरहेका थिए।

परीक्षा सञ्चालन भईरहेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको प्रहरीले त्यहाँ नक्कली प्रहरी समेत फेला पारेको थियो।

पक्राउ परेका रायले प्रहरी निरीक्षकको नक्कली पोसाक लगाएर परीक्षा सञ्चालन गरिरहेका थिए।

परीक्षामा १९ जना पुरुष र २ जना महिला उपस्थित थिए। थप अनुसन्धान भइरहेको एसपी पन्तले बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .