आज (बुधबार) राति देशका केही स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले अघि साँझ ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का थोरै थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ।
यसैगरी बाँकी प्रदेशका एक दुई स्थानमा पनि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार बिहीबार दिउँसो प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना छ।
यसैगरी बाँकी प्रदेशका एक दुई स्थानमा पनि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ।
प्रतिक्रिया