ad ad

समाज


सरकारको चेतावनी बाबजुद चिनियाँ उत्सवमा गीत गाए ताइवानका यी दुई गायिकाले

सरकारको चेतावनी बाबजुद चिनियाँ उत्सवमा गीत गाए ताइवानका यी दुई गायिकाले

नेपालखबर
असोज १४, २०७७ बुधबार १३:२५,

चिनियाँ उत्सवमा गीत गाए कारवाही गर्ने भनेर ताइवानले गायिका एन्जेला च्याङ र ओयाङ नानालाई चेतावनी दिएका थिए।

यद्यपी उनीहरुले सरकारको चेतावनी बाबजुद बुधबार चिनियाँ उत्सवमा गीत गाएको ग्लोबल टाइम्सले जनाएको छ।

चीनको सीसीटीभी टेलिभिजनमा प्रसारण गरिएको कार्यक्रममा यी गायिकाहरुले चिनियाँ देशभक्ति गीत गाएका थिए।

चीनको ७१ औं वार्षिकोत्सवको पूर्वसन्ध्यामा चीनमा कोरोना भाइरस नियन्त्रण गर्न खटेका व्यक्तिहरुप्रति कार्यक्रम समर्तित गरिएको थियो।

पछिल्लो समय चीन र ताइवानबीच क्षेत्रीय तनाव बढ्दै गएको छ। तनाव बढ्दै गएको समयमा ताइवानले आफ्नो देशका गायिकाहरुलाई चीनमा गीत नगाउन भनेको थियो।

चीनले ताइवान आफ्नो भूभाग भएको र आफूले चाहेमा ताइवानलाई आक्रमण गरेर कब्जा गर्नसक्ने बताएको छ।

यद्यपी ताइवानले आफू स्वतन्त्र राष्ट्र भएको बताउँछ। चीन र ताइवानको विवादमा अमेरिकाले ताइवानलाई साथ दिएपछि पछिल्लो समय चीन र अमेरिकाबीच पनि विवाद चर्किँदै गएको छ।

Performers at last year’s National Day gala in Beijing. Photo: Reuters

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .