ad ad

समाज


प्रदेश २ मा कोरोनाबाट थप दुईको मृत्यु, ५९७ जना डिस्चार्ज

प्रदेश २ मा कोरोनाबाट थप दुईको मृत्यु, ५९७ जना डिस्चार्ज

शैलेन्द्र महतो
असोज १४, २०७७ बुधबार १३:१,

प्रदेश २ मा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ। बुधबार कोरोना भाइरसको संक्रमणबाट सप्तरीको अग्निसाई कृष्णासवरन नगरपालिका ४ का ३९ वर्षीय पुरुषको मृत्यु भएको हो।

यस्तै सर्लाहीको वरहथवा नगरपालिका ६ का ६६ वर्षीय पुरुषको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको सामाजिक विकास मन्त्रालयकावरिष्ट चिकित्सक डा.कमलेश यादवले जानकारी दिए।

यो सँगै प्रदेश २ मा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३३ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा प्रदेश २ मा ५ सय ९७ जना संक्रमित कोरोना मुक्त भएका छन्। कोरोना मुक्त हुनेमा ५०९ जना पुरुष र ८८ जना महिला रहेको मन्त्रालयले जनाएको छ। बुधबार ४९ जना कोरोना संक्रमित थपिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .