ad ad

समाज


आज उपत्यकाका यी ५ स्थानमा एक घण्टा विद्युत् बन्द हुने

आज उपत्यकाका यी ५ स्थानमा एक घण्टा विद्युत् बन्द हुने

नेपालखबर
असोज १०, २०७७ शनिबार १:१४,

आज (शनिबार) दिउँसाे काठमाडौं उपत्यकाका ५ स्थानमा एक घण्टा विद्युत् बन्द गरिने भएको छ।

नेपाल विद्युत प्राधिकरण, लखनखेल वितरण केन्द्रलेले दिएको सूचनाअनुसार ललितपुरका ५ फिडरमा लोड स्थानान्तरण गर्नुपर्ने भएकाले मध्याह्न १२ बजेदेखि दिउँसो १ बजेसम्म उपत्यकाका ५ क्षेत्रमा बिजुली जाने भएको हो।

आज गोदावरी फिडर, हरिसिद्धि फिडर, इमाडोल फिडर, इमाडोल-२ फिडर र लुभु फिडरमा लोड स्थानान्तरण गरिने तयारी रहेकाे नेपाल विद्युत प्राधिकरण लखनखेल वितरण केन्द्रले जनाएकाे छ। 

प्राधिकरणले यी फिडरहरुको विद्युतीय लोड नयाँ फिडरमा स्थानान्तरण गरिने जनाएको छ ।

शनिबार लोड स्थानान्तरण गर्दा मौसम प्रतिकूल भएमा अर्को दिन सोही समयमा स्थानान्तरण गरिने प्राधिकरणको भनाइ छ ।

bidyutbi

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .