ad ad

समाज


जन्मने बित्तिकै खोलामा फालेको शिशुको शव फेला

जन्मने बित्तिकै खोलामा फालेको शिशुको शव फेला

नेपालखबर
असोज ९, २०७७ शुक्रबार १०:३३,

वीरेन्द्रनगरमा खोलामा बगिरहेको अवस्थामा एक नवजात शिशुको शव फेला परेको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार उक्त शव वीरेन्द्रनगर नगरपालिका–४ र ६ को बीचमा पर्ने खोर्केखोलाको रातो पुल नजिक भेटिएको हो।

प्रहरीले उक्त शव बालकको रहेको जनाएको छ। जिल्ला प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र भट्टले जन्मेलगत्तै शिशु फालिएको हुनसक्ने बताए।

‘शवको प्रकृति हेर्दा जन्मिने बित्तिकै फ्याँकिएको देखिन्छ’, उनले भने, ‘कसले किन फालेको हो भन्नेबारे अनुसन्धान शुरु भइसकेको छ।’

प्रहरीले घटनास्थलबाट मुचुल्का उठाएर शव परीक्षणका लागि प्रदेश अस्पताल कालागाउँ पठाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .