गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ६ सय नाघेको छ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बिहीबार २५ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ३ हजार ६०४ पुगेको हो।
बिहीबार नवलपरासी पूर्वमा १९, कास्कीमा ३ र स्याङ्जामा तीन गरी २५ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जनाकारी दिए।
संक्रमितहरुमध्ये १ जना भारतबाट आएका र १ जना अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कर्मचारी भएको र अन्य सबै कन्ट्याट ट्रेसिङबाट पत्ता लागेको निर्देशक शर्माले जनाकारी दिए।
त्यस्तै प्रदेशमा आज थप १३० जना कोरोना संक्रमित निको भएका छन्। योसँगै निको हुनेको संख्या २ हजार ४५८ पुगेको छ।
गण्डकीमा आज सक्रिय संक्रमितको १ हजार ११३ रहेको छ भने अहिलेसम्म ३२ जनाको संक्रमणबाट मृत्यु भएको छ।
Shares
प्रतिक्रिया