सिन्धुपाल्चोककी एक महिला काठमाडौंमा मृत फेला परेकी छन्।
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका २ घर भई काठमाडौंको बुढानिलकण्ठ नगरपालिका १२ कपन सिमलटार बस्ने ३५ वर्षीया लक्ष्मी विक कपनस्थित दिदीको घरमा मृत भेटिएको कपन प्रहरी प्रभागका इन्चार्ज शेखर मल्लले बताए।
मंगलबार दिदी पम्फा सुनारको घरमा गएकी लक्ष्मी बुधबार दिउँसो झुण्डिएको अवस्थामा फेला परेकी हुन्।
उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको प्रहरी निरीक्षक मल्लले बताए।
प्रतिक्रिया