समाज


बेलायतमा कोरोना महामारीको दोस्रो लहर, अवस्था अझै बिग्रिने वैज्ञानिकको चेतावनी

बेलायतमा कोरोना महामारीको दोस्रो लहर, अवस्था अझै बिग्रिने वैज्ञानिकको चेतावनी

नेपालखबर
असोज ६, २०७७ मंगलबार ०:२०,

कोरोना महामारीका कारण बेलायतमा गम्भीर अवस्था आउन सक्ने त्यहाँका विशेषज्ञले चेतानी दिएका छन्।

पछिल्लो अवस्था हेर्दा र थप उच्च व्यवस्थापन गर्न नसकिएमा नराम्रो अवस्था आउनसक्ने बेलायतनका वरिष्ठ चिकित्सा सल्लाहकारले सोमबार बताएका हुन्।

कोरोना महामारीको दोस्रो लहर आएको र त्यसले तल्लो तहसम्म र पहिलाभन्दा बढी असर पार्न सक्ने उनीहरूको आकलन छ।

दोस्रो चरणको महामारीमा पहिलेभन्दा हरेक हप्ता दोब्बर दरमा संक्रमण फैलिरहेको ती विशेषज्ञले बताएका छन्।

यो नियन्त्रण्का लागि पहिलेभन्दा तीव्र र प्रभावकारी उपाय अपनाउन आवश्यक रहेको बेलायतका प्रमुख वैज्ञानिक अधिकृत पात्रिक भलान्सले सुझाव दिएका छन्।

उनले भने, ‘अन्य देशको यस्तै अभ्यास र अवस्था हेर्दा मृत्यु हुने क्रम बढ्दै जाने दखिन्छ।’ एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad