ad ad

समाज


काठमाडौं महानगरमा हालसम्म ५५ को मृत्यु, सक्रिय संक्रमित ३४ सय ७७, कुन वडामा कतिमा पुष्टि?

काठमाडौं महानगरमा हालसम्म ५५ को मृत्यु, सक्रिय संक्रमित ३४ सय ७७, कुन वडामा कतिमा पुष्टि?

नेपालखबर
असोज ५, २०७७ सोमबार ८:३८,

आइतबारसम्म काठमाडौं महानगरपालिकाभित्र सक्रिय संक्रमितको संख्या तीन हजार चार सय ७७ जना पुगेको छ।

महानगरको सहरी स्वास्थ्य महाशाखाका अनुसार हालसम्म ५५ जनाको कोरोनाको कारण मृत्यु भएको छ भने २ हजार ९ सय ३ जना निको भएर फर्किएका छन्।

त्यस्तै, ४ सय २२ जनाको बारे केही नखुलेको महानगरले जनाएको छ। महानगरमा १५ हजार २ सय ९२ जनाको कन्ट्याक्ट ट्रेसिङ भएको छ। यसमध्ये आइतबार मात्रै १ सय ३८ जनाको पीसीआर परीक्षण गरिएको थियो भने आइतबारसम्म १० हजार ८ सय २८ जनाको पीसीआर परीक्षण भइसकेको छ।

कन्ट्याक्ट ट्रेसिङ गरिएकामध्ये हालसम्म १ हजार ३ सय ५१ जनामा कोरोना पुष्टि भएको छ। काठमाडौं महानगरमा ३ गतेसम्म ६ हजार ८ सय ५७ जना संक्रमित देखिएका थिए।

महानगरको विभिन्न अस्पतालमा ४४३ जना, होम आइसोलेसनमा २ हजार ११२ र संस्थगत आइसोलेसनमा ९२२ जना संक्रमित उपचाररत छन।

४ गतेसम्म कुन वडामा कति संक्रमित?
वडानम्बर १५ स्थित स्वयम्भु क्षेत्रमा सबैभन्दा बढी ६२७ जना संक्रमित भेटिएका छन। यस्तै स्वयम्भुसँगै जोडिएको वडानम्बर १६ बालाजु क्षेत्रमा ४४८ जनालाई संक्रमण पुष्टि भइसकेको छ।

महाराजगञ्ज क्षेत्र रहेको वडानम्बर ३ मा ४ सय ०८, त्रिपुरेश्वर क्षेत्रस्थित वडानम्बर ११ मा ४०२, कालिमाटी क्षेत्र अवस्थित वडानम्बर १३ मा ३६९, बागबजार क्षेत्र अवस्थित वडानम्बर २८ मा ३४९ जना संक्रमित पुगेका छन।
त्यसबाहेक वडानम्बर ३२ कोटेश्वरमा ३७४, वडानम्बर २७ स्थित इनबहाल क्षेत्रमा २८४ जनामा कोरोना पुष्टि भएको छ। कलंकी, कुलेश्वर, बल्खु रहेको वडानम्बर १४ मा ३२७, वडानम्बर १३ स्थित कालीमाटीमा ३६९, बागबजार रहेको वडानम्बर २८ मा समेत ३४९, वडानम्बर १० बानेश्वरमा १७२ जनामा कोरोना पुष्टि भएको छ।

Kathmandu corona update Sept21

Kathmandu-corona-update-Sept21a_1.png

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .