ad ad

समाज


ललितपुरको पाटन र मेघा अस्पताल उपचाररत ४ संक्रमितको मृत्यु

ललितपुरको पाटन र मेघा अस्पताल उपचाररत ४ संक्रमितको मृत्यु

नेपालखबर
असोज ३, २०७७ शनिबार ९:४२,

ललितपुरको पाटन अस्पताल र मेघा अस्पतालमा उपचाररत थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। 

ललितपुर स्वास्थ्य कार्यालयका अनुसार पाटन अस्पतालमा ३ र मेघा अस्पतालमा १ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको हो।

पाटन अस्पतालमा ललितपुरका २ जना र सर्लाहीका १ जना तथा मेघा अस्पतालमा भक्तपुरका एक संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार पाटन अस्पतालमा सर्लाहीका ६० वर्षीय पुरुष, ललितपुरका ६८ र ७६ वर्षीया महिला तथा मेघा अस्पतालमा भक्तपुरकी ९० वर्षीय महिलाको मृत्यु भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .