भोजपुरको पौवादुङमा गाउँपालिका–५ स्थित अँधेरी घाटमा ड्युटीमा खटिएको प्रहरीलाई ढुंगा प्रहार गरेको अभियोगमा एकजना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सोही गाउँपालिका–५ लुगुवा बस्ने २६ वर्षीय संगीन राई रहेका छन्।
राईले मादक पदार्थ सेवन गरी धरानबाट स्कुटर लिई आउने क्रममा चेकजाँच गर्न खोज्दा प्रहरी हवल्दारलाई ढुंगा प्रहार गरेका हुन्।
ढुंगा प्रहारबाट घाइते प्रहरी हवल्दारको बिराट मेडिकल कलेज बिराटनगर मोरङमा उपचार भइरहेको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया