पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ४५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
मंगलबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले थप १ हजार ४५९ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५६ हजार ७८८ पुगेको छ। आज देशभरमा सक्रिय संक्रमितको संख्या १५ हजार ७७९ रहेको छ।
याे पनि : काठमाडौँका ५५५ सहित उपत्यकामा थपिए ६७६ जना कोरोना संक्रमित
पछिल्लो २४ घण्टामा थप १० हजार ३७५ पीसीआर परीक्षण भएसँगै नेपालमा पीसीआर परीक्षणको संख्या ८ लाख ६१ हजार ७८० पुगेको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ६२ जना कोरोना भाइरस संक्रमित निको भएका छन्। योसँगै कोरोना संक्रमण निको हुनेको संख्या ४० हजार ६३८ पुगेको छ।
यो कूल संक्रमितमध्येका ७१.५ प्रतिशत हो।
Shares

प्रतिक्रिया