ad ad

समाज


बलात्कारीलाई सार्वजनिकस्थलमा झुण्ड्याएर मार्नुपर्छः पाकिस्तानी प्रधानमन्त्री

बलात्कारीलाई सार्वजनिकस्थलमा झुण्ड्याएर मार्नुपर्छः पाकिस्तानी प्रधानमन्त्री

नेपालखबर
भदौ ३०, २०७७ मंगलबार ८:१७,

उनले अल्जाजिरासँगको अन्तर्वार्ताका क्रममा बलात्कारीलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने धारणा राखेका हुन्।

खानले भनेका छन्,‘बलात्कारीलाई सार्वजनिक चोकमा झुण्ड्याउनुपर्छ र यस्तो अपराध गर्ने मानिसलाई के कारबाही हुन्छ भन्ने कुरा सबैलाई सार्वजनिक रुपमा नै देखाउनुपर्छ।’

पाकिस्तानमा गत हप्ता एक महिला उनका आफ्ना बच्चाकै अगाडि लाहोरको एक सडकमा सामुहिक बलात्कृत भएकी थिइन्।

त्यसपछि पाकिस्तानमा बलात्कारीलाई गर्ने कारबाहीका विषयलाई लिएर विभिन्न खालका प्रतिक्रियाहरु आइरहेका छन्।

यसै विषयमा प्रधानमन्त्री खानलाई पनि पाकिस्तानमा बलात्कारमा संलग्न हुने व्यक्तिलाई के कस्तो खालको कारबाही गर्नुपर्छ भनी प्रश्न सोधिएको थियो।

गत हप्ता पञ्जाव प्रान्तको लाहोर शहरनजिकै आफ्नो कारमा रहेकी ती महिलालाई जबर्जस्ती कार रोकेर कारबाट सडकमा निकालेर बलात्कार गरिएको थियो।

त्यसपछि उनका गरगहना पनि लुटिएको थियो। यस घटनापछि पाकिस्तानका विभिन्न शहरमा सरकारले सुरक्षा दिन नसकेको भन्दै विरोध प्रदर्शनहरु भएका छन्।

महिलामाथिका यस्ता हिंसाको अन्त्य गर्दै बलात्कारीलाई कडाभन्दा कडा कारबाही गर्न माग गर्दै ती विरोध प्रदर्शनहरु भएका हुन्।

त्यस घटनामा संलग्न भएको आशंकामा लाहोर प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। एएनआई

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .