समाज


दाङको हापुर खोलाले गाडी बगायो

दाङको हापुर खोलाले गाडी बगायो

नेपालखबर
भदौ २९, २०७७ सोमबार ७:३०,

दाङको घोराही–तुलसीपुर सडकखण्ड अन्तर्गत हापुर खोलाले सोमबार ब्रोइलर कुखुराका चल्ला बोकेको गाडी बगाउँदा तीन लाख मूल्य बराबरको क्षति पुगेको छ।

चितवनबाट आएको ना ४ ख १४४६ नम्बरको गाडीसहित ७०० कुुखुराका चल्ला खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

चालक र सहचालकलाई भने प्रहरीले उद्धार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए। खोलामा पुल नहुँदा अहिले पनि सवारीसाधन आवतजावतमा समस्या भएको छ।

त्यस्तै आइतबार रातिदेखि परेको लगातारको वर्षाले दाङका दुई घरमा क्षति पु¥याएको छ। घोराही उपमहानगरपालिका–१० खैराका दुई घरमा बाढी पस्दा मानवीय क्षति नभए पनि अन्नपात, लत्ताकपडामा क्षति पगेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad