समाज


नेपाली शान्तिविज्ञ राजेन्द्रलाई अन्तर्राष्ट्रिय शान्ति पुरस्कार

नेपाली शान्तिविज्ञ राजेन्द्रलाई अन्तर्राष्ट्रिय शान्ति पुरस्कार

नेपालखबर
भदौ २९, २०७७ सोमबार ६:१६,

नेपाली शान्तिकर्मी राजेन्द्र सेन्चुरीलाई शान्ति निर्माणमा योगदान पुर्याएबापत ‘बुक्स फर पिस २०२०’ विशेष पुरस्कारबाट सम्मानित गरिएको छ।

यही भदौ २७ गते इटालीको रोम शहरको सान्ता सेसिलियाको कन्जर्वेटरीको एकेडेमिक हलमा पुरस्कारको घोषणा गरिएको थियो।

एकसठ्ठी देशका संगठनको सहयोगमा समारोह आयोजना गरिएको थियो। विश्व महामारीविरूद्ध लगाइएको यात्रा प्रतिबन्धका कारण राजेन्द्रले भने आफैँ उपस्थित भएर प्रमाणपत्र ग्रहण गर्न पाएनन्।

राजेन्द्रले नेपाल र अन्यत्र रहेर शान्ति र सद्भाव कायम गर्न आफ्नो जीवनवृत्ति समर्पित गरेका छन्। उनले दक्षिण एशिया र युरोपका अधिकांश देश पुगेर शान्ति निर्माणको बारेमा आफ्नो गहन ज्ञान र अनुभव साट्दै आएका छन्। अन्तरधार्मिक सद्भाव, नागरिक प्रतिरोध र अहिंसा, हिंस्रक आतङ्कवाद रोकथाम तथा नियन्त्रण, मानव अधिकार, द्वन्द्वोत्तर न्यायका साथै दिगो शान्ति निर्माणका लागि युवा र सीमान्तकृत समुदायको मूल प्रवाहीकरणजस्ता क्षेत्रमा रहेको उनको विशेषज्ञताका आधारमा उनको मूल्यांकन भएको थियो।

राजेन्द्रले शान्ति र न्यायसम्बन्धी मुद्दाहरुमा स्वतन्त्र योगदानकर्ताको रूपमा नेपालको अग्रणी राष्ट्रिय दैनिकहरुमा दर्जनौँ लेख लेखेका छन्। उनी यस वर्षको आरम्भमा अष्ट्रेलियाको इन्स्टिच्युट फर इकोनोमिक्स एण्ड पिसबाट आईईपीपीस एम्बासेडरका रूपमा समेत चुनिएका थिए।

कला, संस्कृति, शान्ति र सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तिलाई दिइने यो शान्ति पुरस्कारका विजेताहरुमा अमेरिकी विविधता रिपोर्टका प्रमुख सम्पादक डेबोरा लेभिन, ईरानी÷आर्मेनियाली सङ्गीत साधक लोरिस टेक्नोवरियन, पत्रकार र आरएआई–३ का निर्देशक फ्रान्को डि मारे, पूर्व फुटबल खेलाडी डमियानो तोमसी, अभिनेता÷निर्देशक फेब्रिजियो बोर्नी, विकिपेडियाका अध्यक्ष मट्टे रफोनी आदि छन्।

यो वर्ष यस अन्तर्राष्ट्रिय पुरस्कारको चौथो वर्ष हो। यो पुरस्कारलाई सरकार, विश्वविद्यालय, गैरनाफामूलक संस्था र अभियान, युरोपेली युनियन र युनेस्कोजस्ता अन्तर्राष्ट्रिय संगठनलगायत विश्वका २१ प्रतिष्ठित संस्थाहरूद्वारा समर्थन गरिएको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad