ad ad

समाज


सरकारले पीसीआर परीक्षणको मूल्य २४ सय घटायो, अब २ हजारमात्रै लिन पाइने

सरकारले पीसीआर परीक्षणको मूल्य २४ सय घटायो, अब २ हजारमात्रै लिन पाइने

नेपालखबर
भदौ २८, २०७७ आइतबार ११:१५,

सरकारले कोरोना भाइरस परीक्षणका लागि गरिने पीसीआरको शुल्क घटाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले अब सरकारी तथा नीजी प्रयोगशालाले पीसीआर परीक्षण वापत अधिकतम दुई हजार रुपैयाँमात्रै लिन पाइने जानकारी दिए।

सरकारले सुरुमा पीसीआर शुल्क ५५ सय तोकेको थियो। उक्त शुल्कलाई परिमार्जन गर्दै यही भाद्र दोस्रो साता ४४ सयमा झारेको थियो।

आइतबारबाट उक्त शुल्कमा २४ सय घटाएर सरकारले अधिकतम मुल्य २ हजार तोकेको हो।

'कोभिड-१९ को पिसीआर परिक्षण शुल्क सबै प्रयोगशालाहरुका लागि सबै शुल्क सहित अधिकतम दुई हजार तोकिएको छ,' प्रवक्ता गौतमले भने।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .