समाज


कोरोना संक्रमणबाट चितवनमा थप एक पुरुषको मृत्यु

कोरोना संक्रमणबाट चितवनमा थप एक पुरुषको मृत्यु

नेपालखबर
भदौ २५, २०७७ बिहिबार १०:२५,

चितवन मेडिकल कलेजमा बिहबिार थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।

भरतपुर महानगरपालिका—११ का ६२ वर्षीय पुरुषको बिहीबार दिउँसो १२ बजेर २० मिनेट जाँदा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।

श्वासप्रश्वास समस्या देखिएपछि भदौ २० गते अस्पतालमा भर्ना भएका उनको भदौ २२ गते कोरोना संक्रमण पुष्टि भएको थियो। अस्पतालको कोभिड सघन उपचार कक्षमा आज उनको मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए।

योसँगै जिल्लाका अस्पतालमा उपचारको क्रममा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३ पुगेको छ। एक जना वृद्धाको घरमा नै मृत्यु भएको थियो। मृत्यु हुनेमा चितवनका १३, मकवानपुरका ५, नवलपरासी सुस्ता पूर्वका ३ तथा बारा, गोर्खा र कैलालीका एक÷एक जना रहेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad