‘प्रेमगीत ३’ लेखक तथा निर्देशक छेतेन गुरुङको निधन भएको छ। बुधबार राति राजधानीको महाराजगञ्जमा रहेको मेट्रो अस्पतालमा उनको निधन भएको हो।
अचानक बिरामी भएपछि २ दिन ४२ वर्षीय गुरूङलाई अस्पताल भर्ना गरिएको थियो। उनी कलेजोका बिरामी थिए।
चलचित्रका लेखक तथा निर्माता सन्तोष सेन अनुसार उनको कलेजोको नसा फुटेर मृत्यु भएको हो। गुरुङको आज बिहान स्वंभुमा अन्त्यष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ।
चलचित्र नोभेम्बर रेन, क्लासिक, डायरी र ए मेरो हजुर २ लेखेका गुरूङले डमरुको डण्डिबियो, प्रेमगीत–३ को कथा लेखन तथा निर्देशन समेत गरेका थिए। अहिले प्रेमगीत–३ प्रदर्शनको तयारीमा छ।
गुरुङका आमा र एक छोरी छन्। उनकी पत्नीको भने केही वर्षअघि नै मृत्यु भइसकेको थियो।

प्रतिक्रिया