समाज


भेनेजुएलामा यस महिना भित्रै रुसी खोपको क्लिनिकल परीक्षण सुरु

भेनेजुएलामा यस महिना भित्रै रुसी खोपको क्लिनिकल परीक्षण सुरु

नेपालखबर
भदौ २४, २०७७ बुधबार ७:१,

भेनेजुएलाको टेलिभिजनबाट सम्बोधन गर्दै राष्ट्रपति मदुरोले रुसी खोपलाई भेनेजुएलामा परीक्षण गरिने जानकारी दिएका हुन्।

उनले आगामी राष्ट्रिय सभाको निर्वाचनमा उम्मेदवार हुने सबैलाई उक्त खोप दिने बारेमा राष्ट्रिय निर्वाचन आयोगका पदाधिकारीसँग कुरा भइरहेको पनि बताए। चुनावमा करिब १४ हजार ४०० जना उम्मेदवार हुने सम्भावना छ।

रुसको गामालेया केन्द्रले निर्माण गरेको कोभिड–१९ को खोपलाई रुस सरकारले औपचारिक मान्यता प्रदान गरिसकेको छ।

रुसी खोप उत्पादनकर्ता रुसी प्रत्यक्ष लगानी कोष आरडीआईएफका प्रमुख कार्यकारी किरिल डिमिट्रेभले विश्वका २० भन्दा बढी मुलुकले अर्बौं डोजका लागि आवेदन दिइसकेको बताएका छन्।

उनले रुसी खोप विश्वका पाँच वटा राष्ट्रमा उत्पादनका लागि रुसले सहमति दिइसकेको पनि जानकारी दिएका छन्। रासस/एएनआई

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad