नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भइरहेको छ।
बिहीबारका लागि तोकिएको पार्टीको स्थायी कमिटी बैठकका एजेण्डाबारे छलफल गर्न दुई अध्यक्षबीच छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए।
स्थायी कमिटी बैठकअघि सचिवालय बस्ने संभावना कम भएका कारण साे बैठकका एजेण्डा र प्रस्तावबारे दुई अध्यक्षबीच छलफल भएको एक नेताले बताए।
नेकपाको विवाद समाधानका लागि सुझाव दिन गठित ६–सदस्यीय कार्यदलले दिएको प्रतिवेदनका आधारमा अध्यक्षबाट स्थायी कमिटी बैठकमा प्रस्तावहरु प्रस्तुत हुने र त्यसमाथि बैठकमा छलफल गरिने बताइएको छ।
याे पनि:
शुक्रबारको नेकपा बैठकले देखाउँदैछ पार्टीकाे अबकाे झलक, यस्तो छ तीन पक्षको तयारी
कार्यदलसँग प्रचण्डको भनाइ : प्रतिवेदनले पार्टी सञ्चालनमा कार्यकारीको भूमिका स्पष्ट पारेन

प्रतिक्रिया