समाज


भारतमा कोरोना : पछिल्लो २४ घण्टामा अमेरिकामा भन्दा तीन गुणा बढी संक्रमण

भारतमा कोरोना : पछिल्लो २४ घण्टामा अमेरिकामा भन्दा तीन गुणा बढी संक्रमण

नेपालखबर
भदौ २४, २०७७ बुधबार ०:१६,

भारतमा कोरोना संक्रमणदर तीब्र गतिमा बढ्दै गएको छ। केही दिनयता भारतले संक्रमणदर उच्च भएका विश्वका सबै देशलाई उछिन्न थालेको छ।

पछिल्लो २४ घण्टामा भारतमा झण्डै ९० हजारमा कोरोना संक्रमण पुष्टि भएको छ। वर्ल्डओमिटरका अनुसार त्यहाँ हिजो एकै दिन ८९ हजार आठ सय ५२ जनामा संक्रमण पुष्टि भएको हो।

यो संख्या सोही अवधिमा अमेरिकामा पुष्टि भएको संख्या भन्दा तीन गुणा भन्दा धेरै हो भने ब्राजिलको भन्दा पाँच गुणा भन्दा धेरै हो।

यस अवधिमा अमेरिकामा २६ हजार तीन सय १० जनामा संक्रमण पुष्टि भएको छ। ब्राजिलमा १७ हजार तीन सय ३० जनामा संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण सबैभन्दा धेरै मृत्यु पनि भारतममै भएको छ।

त्यहाँ यस अवधिमा एक हजार एक सय सात जनाले ज्यान गुमाएका छन्। त्यसैगरी ब्राजलमा पाँच सय १६ र अमेरिकामा चार सय ३९ जनाले ज्यान गुमाएका छन्।

अहिलेसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या भारतमा झण्डै ७४ हजार पुगेको छ। त्यहाँ अहिलेसम्म ४३ लाख ६७ हजार भन्दा धेरैमा कोरोना संक्रमण देखिएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad