ad ad

समाज


पाँच भारतीय नागरिक बेपत्ता, चिनियाँ सेनाले कब्जामा लिएको भन्दै सोधीखोजी

पाँच भारतीय नागरिक बेपत्ता, चिनियाँ सेनाले कब्जामा लिएको भन्दै सोधीखोजी

नेपालखबर
भदौ २२, २०७७ सोमबार ७:५९,

बेपत्ता नागरिकहरुको खोजीमा यतिबेला भारतीय सेना लागि परेका छन्। यी व्यक्तिहरुलाई चिनियाँ सेनाले अपहरण गरेको आशंका गरिएको छ।

यसबीचमा भारतले हालै सीमाबाट हराइरहेका आफ्ना नागरिक चिनियाँ सेनाको कब्जामा छन् या छैनन् भनेर चिनियाँ सेनासँग प्रश्न गरेको छ।

भारतको रक्षा मन्त्रालयका प्रवक्ता लेफ्टिनेन्ट कर्णेल हर्ष बर्दन पाण्डेका अनुसार भारतीय सेनाले चिनियाँ सेनासँग यस विषयमा प्रश्न गरेको छ।

हालसम्म चिनियाँ पक्षले यस विषयमा कुनै जवाफ नदिएको बताइएको छ।

यसअघि चिनियाँ सेनाले भारतको अरुणाचल प्रदेशका पाँच नागरिक अपहरण गरेको काँग्रेसका सांसद निनोङ इरिङले दाबी गरेका थिए।

माछा मार्न गएका पाँच भारतीयलाई चिनियाँ सेनाले अपहरण गरेकारले भारतले कडा कदम चाल्नुपर्ने इरिङले बताएका थिए।

अप्पर सुबानसिरी जिल्ला नजिकको भारत–चीन सीमानजिक सेरा ७ भन्ने क्षेत्रबाट तनु बकर, प्रसत रिङलिङ, नागरु दिरी, दोङ्तु इबिया र तोच सिंगकाम नाम गरेका भारतीय अपहरणमा परेको बताइएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .