ad ad

समाज


कोरोना संक्रमणबाट ३ महिलासहित ९ जनाको मृत्यु, मृतकको संख्या २८० पुग्यो

कोरोना संक्रमणबाट ३ महिलासहित ९ जनाको मृत्यु, मृतकको संख्या २८० पुग्यो

नेपालखबर
भदौ २०, २०७७ शनिबार ११:६,

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शनिबारको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप ९ जनाको मृत्यु भएको बताए।

मृत्यु हुनेमा ३ महिला र ९ जना पुरुष रहेका छन्।

संक्रमणबाट मोरङकी ४३ मकवानपुरकी ५२ र नवलपरासीकी ३७ वर्षीया महिलाको मृत्यु भएको प्रवक्ता गौतमले जानकारी दिए

उनका अनुसार संक्रमणबाट पर्साका ७५, महोत्तरीका ७८, काठमाडौँका ४१, ५९, ६५ र रुपन्देही ४० वर्षीय पुरुषको पनि निधन भएको छ।

योसँगै निधन हुनेको संख्या २८० पुगेको प्रवक्ता गौतमले जानकारी दिए।

आज देशभरमा १ हजार ४१ जना कोरोना संक्रमित थपिएका छन्।

संक्रमित हुनेमा ३४९ महिला र ६९२ जना पुरुष रहेका छन्।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ४५ हजार २७७ पुगेको छ। 

प्रवक्ता गौतमका अनुसार आज देशभरमा सक्रिय संक्रमितको संख्या १७ हजार ८७० रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .