ad ad

समाज


बंगलादेशको मस्जिदमा ठूलो आगलागी हुँदा १२ जनाको मृत्यु,जलेर ३७ घाइते

बंगलादेशको मस्जिदमा ठूलो आगलागी हुँदा १२ जनाको मृत्यु,जलेर ३७ घाइते

नेपालखबर
भदौ २०, २०७७ शनिबार १०:२३,

एयर कन्डीसनरबाट भएको आगलागीको घटनामा परी डढेर अरु दर्जनौं घाइते पनि भएको अधिकारीहरुले जानकारी दिएका छन्।

उनीहरुले शनिबार बिहान दिएको जानकारीअनुसार देशको नारायणगञ्ज जिल्लामा रहेको मस्जिदमा शुक्रबार राती आगलागी भएको हो। डढेको तथा प्लाष्टिक सर्जरी सम्वन्धी केन्द्रिय कार्यालयका संयोजक समानता लाल सेनले कम्तीमा १२ जनाको मृत्यु भएको पुष्टि गरे।

उनका अनुसार कम्तीमा ३७ जना जलेर घाइते भएका छन्। डढेर घाइते अवस्थामा अस्पतालमा उपचार भइरहेका मध्ये ३५ जनाको अवस्था गम्भीर रहेको पनि उनले जानकारी दिए।

घाइतेमध्ये अधिकांश ६० देखि ७० वर्षसम्ममा रहेका छन्। स्थानीय समयानुसार शुक्रबार राती नौ बजेतिर आगलागी भएको हो।

अधिकारीहरुले ग्यास चुहावतको कारण भुई तलामा रहेको सवै आठ ओटै एयर कन्डीसनरमा आगलागी भएको बताएका छन्। घटना भएको बेला मस्जिदमा झण्डै एक सय जना भक्तजनहरु प्रार्थनाका लागि आएका थिए।

घटनाका बारेमा अनुसन्धान सुरु भइसकेको सुरक्षाकर्मीहरुले जानकारी दिएका छन्। सिन्ह्वा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .