समाज


कोरोना संक्रमणबाट रुपन्देहीमा आज बिहानमात्रै तीन जनाको मृत्यु

कोरोना संक्रमणबाट रुपन्देहीमा आज बिहानमात्रै तीन जनाको मृत्यु

प्रकाश न्यौपाने
भदौ १९, २०७७ शुक्रबार ६:४४,

रुपन्देहीमा एकैदिन तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार शुक्रबार बिहानमात्रै तीन जना संक्रमितको मृत्यु भएको हो। मृत्यु हुनेमा दुई जना सिद्धार्थनगर नगरपालिकाका र एक जना बुटवल उपमहानगरपालिकाका संक्रमित रहेका छन्।

बुटवलमा रहेको गौतमबुद्ध मुटु अस्पतालमा उपचाररत् सिद्धार्थनगर नगरपालिका-७ कि ६४ वर्षीया महिलाको शुक्रबार बिहान ८ बजे मृत्यु भएको अस्पतालले जनाएको छ।

 स्वास्थ्य समस्या देखिएपछि ती महिला भदौ ४ गते अस्पताल भर्ना भएकी थिइन्।

उनमा उच्च रक्तचाप, सुगर, मिर्गौला र निमोनियाको समेत समस्या थियो । भदौ १६ गते जाँच गर्दा उनमा कोरोना पोजिटिभ देखिएको थियो।

 यस्तै सिद्धार्थनगर–८ का ४५ वर्षीय पुरुषको पनि कोरोना संक्रमणकै कारण मृत्यु भएको छ। कोरोना संक्रमणसँगै मिर्गौलाको समेत बिरामी रहेका उनको आज (शुक्रबार) बिहान घरमै मृत्यु भएको हो।

भरतपुर अस्पतालमा उपचार गरी भैरहवा आएका उनको बिहान मिर्गौलाको डायलासिस गर्न जाने तयारी गर्दैगर्दा मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ।

त्यस्तै बुटवलको कोरोना विशेष अस्पतालको भेन्टिलेटरमा उपचाररत् बुटवल उपमहानगरपालिका ८ का ७८ वर्षीय बृद्ध पुरुषको पनि शुक्रबार बिहान ९ बजे मृत्यु भएको छ।

उच्च रक्तचापको समेत समस्या रहेका उनको कोरोना विशेष अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डाक्टर सुदर्शन थापाले जानकारी दिए।

याेसँगै रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .