ad ad

समाज


यी १२ जिल्लामा छन् ५ सयभन्दा बढी उपचाररत् कोरोना संक्रमित, ६ जिल्लामा शून्य

यी १२ जिल्लामा छन् ५ सयभन्दा बढी उपचाररत् कोरोना संक्रमित, ६ जिल्लामा शून्य

नेपालखबर
भदौ १८, २०७७ बिहिबार ११:७,

 नेपालका १२ जिल्लाहरुमा ५ सय भन्दा बढी कोरोना संक्रमितहरु उपचाररत् रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

बिहीबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले १२ जिल्लामा ५ सयभन्दा बढी संक्रमित उपचाररत् रहेको बताए।

प्रवक्ता गौतमका अनुसार मोरङ, सुनसरी, धनुषा, बारा, पर्सा, रौतहट, महोत्तरी, सर्लाही, काठमाडौँ, ललितपुर, चितवन र रुपन्देहीमा ५ सय भन्दा बढी संक्रमित रहेका छन्।

त्यस्तै ६ जिल्लामा हाल सक्रिय संक्रमत नरहेको प्रवक्ता गौतमले जानकारी दिए।

उनका अनुसार ताप्लेजुङ, सोलुखुम्ब, डोल्पा, मुस्ताङ, मुगु र हुम्लामा शून्य सक्रिय संक्रमित रहेका छन्।

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २२८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।प्रवक्ता गौतमका अनुसार आज संक्रमित हुनेमा ३९४ महिला र ८३४ जना पुरुष रहेका छन्।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४२ हजार ८७७ पुगेको प्रवक्ता गौतमले जानकारी दिए।

आज नेपालमा संक्रिय संक्रमितको संख्या १८ हजार ८१३ रहेको छ। पछिल्लो २४ घण्टामा  १३ हजार ४१३ जनाको पीसीआर परीक्षण गरिएको थियो।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ९१७ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै निको हुनेको संख्या २४ हजार २०७ पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .