ad ad

समाज


गस्तीमा रहेको सशस्त्र प्रहरीमाथि कञ्चनपुरको सीमा क्षेत्रमा ढुंगामुढा

गस्तीमा रहेको सशस्त्र प्रहरीमाथि कञ्चनपुरको सीमा क्षेत्रमा ढुंगामुढा

नेपालखबर
भदौ १८, २०७७ बिहिबार २:५४,

गस्तीमा रहेको सशस्त्र प्रहरीमाथि कञ्चनपुरको बेलौरी नगरपालिका-१ वैशाखीमा तस्करहरुले ढुंगामुढा गरेका छन्।

नेपाल-भारत सीमास्तम्भ २०२ नजिक तस्कर समूहले प्रहरीमाथि ढुंगामुढा र गालिगलौज गरेका हुन्। सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट थापाचोकबाट सशस्त्र प्रहरी निरीक्षक कृष्णराज अधिकारीको कमान्डामा खटिएको १४ जनको टोलीमाथि ढुंगामुढा भएको हो।

भारतबाट अवैधरुपमा समान नेपाल भित्राउँदै गरको अवस्थामा तस्करले ढुंगामुढा प्रहार गर्नुका साथै गाली गलौज गरेका सशस्त्र प्रहरी उपरीक्षक विरेन्द्र ऐरले जानकारी दिए। तस्करहरुले भारतबाट ल्याउँदै गरेका माछाको भुरा नियन्त्रणमा लिने क्रममा आफूहरुमाथि ढुंगामुढा भएको उनले बताए।

स्थानीय बासीन्दाले प्रतिकार गरेपछि तस्करहरु भागेका थिए। तस्करहरुबाट १६ हजार मूल्य बराबरको माछाका भुरा बरामद गरिएको सशस्त्रले जनाएको छ।

सोमबार समेत बेलडाँडी गाँउपालिका ३ कालोपुल नजिक पर्ने नेपाल-भारत सीमा स्तम्भ नम्बर ७८४-५ र ७८४-६ को बीचमा सशस्त्र प्रहरी बल, बिओपी झिलमिलाबाट सशस्त्र प्रहरी निरीक्षक योगेन्द्र भण्डारीको कमान्डमा गस्तीमा रहेको टोलीमाथि १०/१५ जना भारतीय तस्करले पनि ढुंगामुढा गरेका थिए।

सशस्त्र प्रहरी उपरीक्षक ऐरले भने, ‘१५ हजार ६०० मूल्य बराबरको समान भारतीय तस्करले छाडेर गएका छन्।’ सामान नियन्त्रणमा लिइए पनि भारतीय तस्करहरु भने भागेका उनले बताए। यस बारेमा भारतीय सीमा शुरक्षा बल विओपी टाटरगञ्जलाई समेत जानकारी गराइएको ऐरले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .