ad ad

समाज


चट्याङ लागेर एक महिलाको मृत्यु, ६ जना घाइते

चट्याङ लागेर एक महिलाको मृत्यु, ६ जना घाइते

नेपालखबर
भदौ १७, २०७७ बुधबार ८:५०,

देशका विभिन्न स्थानमा परेको चट्याङबाट एक जनाको ज्यान गएको छ भने ६ जना घाइते हुनुका साथै धनमालको नोक्सान भएको छ।

ताप्लेजुङको फुङलिङ नगरपालिका–१० की ३० वर्षीया एक महिलाको चट्याङ लागेर मृत्यु भएको छ। चट्याङले घाइते भएकी उनको जिल्ला अस्पताल ताप्लेजुङमा उपचारको क्रममा मृत्यु भएको राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन विभागले जनाएको छ।

यस्तै, सिरिजंघा गाउँपालिका–४ स्थित अलैंची बारीमा काम गरि रहेको बेला चट्याङ लागेर ५ जना घाइते भएका छन्। 

यता, गुल्मीको मुसिकोट नगरपालिका–३ धरमपानीस्थित स्कुलमा चट्याङ पर्दा एक जना घाइते भएका छन्।

राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन विभागका अनुसार ओखलढुङाको चम्पादेवि गाउँपालिका–१०, झापाको शिवसताक्षि नगरपालिका–६, पर्वतको जलजला गाउँपालिका–८, फलेवास नगरपालिका–९, तनहुँको आबुखैरेनि गाउँपालिका–२, रुकुम पूर्वको पुथा उत्तर गंगा गाउँपालिका–५ भुमे गाउँपालिका–९ लगायतका स्थानमा परेको चट्याङबाट धनमालको क्षति भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .