समाज


केन्द्रीय कारागारमा एकसय बढीमा कोरोना संक्रमण, छुट्टै अस्पताल तोक्ने तयारी

केन्द्रीय कारागारमा एकसय बढीमा कोरोना संक्रमण, छुट्टै अस्पताल तोक्ने तयारी

उजिर कार्की
भदौ १४, २०७७ आइतबार ११:४५,

केन्द्रीय कारागारमा कोरोना संक्रमणले भयावह रुप लिने देखिएको छ।

आइतबार कारागारका थप ३५ जना कैदी बन्दीमा कोरोना संक्रमण पुष्टि भएको हो।

यसअघि १५ जना कैदी बन्दीमा संक्रमण देखिएको थियो। यीमध्ये दुई कैदी निको भएर फर्किएका छन्।

तीन जनालाई अस्पतालमा राखिएको र १० जनालाई कारागारभित्रै आइसोलेसनमा राखिएको कारागार प्रमुख लक्ष्मिप्रसाद बास्कोटाले जानकारी दिए।

आइतबार संक्रमण पुष्टि भएका ३५ जनामध्ये पनि लक्षण भएका र नभएका छुट्याएर लक्षण देखिएकालाई अस्पताल लैजाने तयारी गरिएको छ।

यस्तै कारागारको सुरक्षामा खटिएका ५० जनाभन्दा बढी नेपाल प्रहरीलाई पनि संक्रमण पुष्टि भएको छ। देशभरबाट कैदी बन्दीलाई उपचारका लागि ल्याउने भएकाले केन्द्रीय कारागार असुरक्षित बनेको हो।

काठमाडौंको सुन्धारामा रहेको सो कारागारमा आइतबारको तथ्यांकअनुसार तीन हजार दुई सय ६३ कैदी बन्दी रहेका छन्।

कारागार प्रशासनले अस्पतालबाट संक्रमण फैलिएको अनुमान गरेको छ। बिरामी कैदीलाई उपचारका लागि बीर अस्पताल, ट्रमा सेन्टर, भक्तपुर क्यान्सर अस्पताल, शहिद गंगालाल र बीपी स्मृति अस्पताल लैजाने गरिएको छ।

अस्पताल लगेर ल्याएका कैदीमै सबैभन्दा पहिले संक्रमण देखिएको प्रमुख बास्कोटाले बताए।

केन्द्रीय कारागारमा संक्रमण फैलिएपछि कैदीका लागि छुट्टै अस्पताल तोक्न छलफल सुरु गरिएको छ।

कैदीलाई अस्पतालमा राख्दा सुरक्षाको दृष्टिकोणले पनि हेर्नुपर्ने भएकाले छुट्टै अस्पताल तोक्न गृहमन्त्रालय मार्फत् पहल भइरहेको कारागार व्यवस्थापन बिभागले जनाएको छ।

केन्द्रीय कारागारमा ५ सय कैदीलाई राख्नसक्ने क्वारेन्टिन् छ। यी क्वारेन्टिनमा लक्षण नदेखिएका संक्रमित र कन्ट्याक्ट ट्रेसिङमा परेका थप कैदीलाई राखिएको छ।

नयाँ बनेका दुईवटा भवन र विद्यालयमा क्वारेन्टिन बनाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad