समाज


बिहान अस्पताल भर्ना भएका रुपन्देहीका कोरोना संक्रमितको मध्यान्हमा मृत्यु

बिहान अस्पताल भर्ना भएका  रुपन्देहीका कोरोना संक्रमितको  मध्यान्हमा मृत्यु

प्रकाश न्यौपाने
भदौ १४, २०७७ आइतबार ८:५४,

रुपन्देहीमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ।

बुटवल उपमहानगरपालिका–५ का ६७ वर्षीय पुरुषको आइतबार दिउँसो साढे १२ बजे मृत्यु भएको हो।

लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा उपचारकै क्रममा ती संक्रमितको मृत्यु भएको सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए।

मृतक पुरुषमा ज्वरो, मुटु रोग, मधुमेह र प्रेसरको समस्या थियो। कोभिड–१९ पोजेटिभ देखिएपछि आइतबार बिहान ४ः३५ बजे उनलाई प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो।

बिहानदेखि उनी अस्पतालको फिबर क्लिनिकको आइसोलेसनमा उपचाररत थिए। योसँगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .