कोरोनाको संक्रमण भएर पाटन अस्पतालमा उपचाररत् रहेका दुई महिलाको मृत्यु भएको छ।
काठमाडौंकी ५१ वर्षीय र भक्तपुरकी ६२ वर्षकी महिलाको कोरोना संक्रमणका कारण शनिबार मृत्यु भएको पाटन अस्पतालका निर्देशक प्रा.डा. रवि शाक्यले नेपालखबरलाइ जानकारी दिए।
‘५१ वर्षकी महिलामा सामान्य ब्लड प्रेसरबाहेक अरु कुनै रोगको संक्रमण थिएन,’ डा. शाक्यले भने, ‘कोभिडले नै असर गरेको हो, भक्तपुरकी महिलामा त अरु कुनै रोग नै थिएन तर कोभिडले असर गर्यो।’
उनका अनुसार दुबैलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो।
यसअघि मृत्यु भएका अधिकांश कोरोना संक्रमितमा अन्य रोग पनि देखिने गरेकोमा शनिबार मृत्यु भएका दुबै महिलामा त्यस्तो नभएको र कोभिडकै असरले मृत्यु भएको डाक्टर शाक्यले बताए।

प्रतिक्रिया