ad ad

समाज


१६ सय बढी सुरक्षाकर्मी कोरोना संक्रमित, आधा निको भए

१६ सय बढी सुरक्षाकर्मी कोरोना संक्रमित, आधा निको भए

नेपालखबर
भदौ १२, २०७७ शुक्रबार ६:५५,

विश्वयापी महामारीका रुपमा फैलिएको कोभिड–१९ सङ्क्रमणको दर सुरक्षा निकायमा समेत बढिरहेको छ। मुलुकभर संक्रमणको ग्राफमा वृद्धि भइरहेका बेला हरेक गतिविधिको अग्रपङ्क्तिमा खटिने सुरक्षा निकाय पनि त्यसबाट अछुतो छैन।

प्राप्त विवरणमा तीन सुरक्षा निकाय (नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी) मा एक हजार ६३३ जनामा संक्रमण देखिसकेको छ। त्यसमध्ये झण्डै ५० प्रतिशत अर्थात् ८६१ निको भएर घर फर्किएका छन्।

सुरक्षा निकायमा गत जेठको पहिलो सातासम्म १२ जनामा मात्रै संक्रमण देखिएको थियो। त्यसपछि संक्रमण दरमा एक्कासी वृद्धि भएको र साउनपछि भने ह्वात्तै बढेको पाइएको छ। सबैभन्दा बढी नेपाल प्रहरीमा संक्रमित भेटिएका छन्। नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुबेर कडायतले अहिलेसम्म नेपाल प्रहरीका ७९५ जनामा संक्रमण देखिएको बताए। उनका अनुसार उपत्यकामा मात्रै १६३ जना फेला परेका छन्। पाँच सयभन्दा बढी निको भएर फर्किसकेका उनले बताए।

सशस्त्र प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक राजु अर्यालका अनुसार बिहीबारसम्म ४३५ सशस्त्र प्रहरी संक्रमित भएका छन्। त्यसमध्ये १८९ निको भएको र अन्यको विभिन्न स्थानमा उपचार भइरहेको छ। उपत्यकामा मात्रै ७३ जनामा देखिएको उनले जानकारी दिए।

नेपाली सेनामा आजसम्म ४०३ जनामा संक्रमण देखिएको छ। अहिलेसम्म ११६ जना निको भएर फर्किसकेका सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए। प्राप्त विवरणअनुसार अहिलेसम्म मुलुकभर ३५ हजार ५०० भन्दाबढी संक्रमित भइसकेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .