पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले डा. गोविन्द केसीले जुम्लामा गर्न थालेको सत्याग्रहमा सरकारले अवरोध गरेको भन्दै त्यसमाथि प्रश्न उठाएका छन्।
उनले सत्याग्रहीको माग पूरा गर्ने नगर्ने सरकारको इच्छाको कुरा भए पनि सत्याग्रह नै बन दिन्न धभनेर बल प्रयोग गर्नु लोकतन्त्र विपरीत भएको बताएका छन्। उनले डा. केसीले जुम्लामा सत्याग्रह बस्दा नेपालको संविधान र कानुनको कुन धारा र दफा उल्लंघन हुन्छ भनि प्रश्न समेत गरेका छन्।
‘सत्याग्रहीको माग पूरा गर्ने नगर्ने सरकारको इच्छाको कुरा हो तर सत्याग्रहमा बस्नै दिन्न भनेर बलप्रयोग गर्नु कुन ग्रहको लोकतन्त्र वा साम्यवाद हो? डा. भट्टराईले शुक्रबार सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘डा केसी जुम्लामा सत्याग्रहमा बस्दा नेपालको संविधान र कानूनको कुन धारा र दफा उल्लंघन हुन्छ? ओली सरकार आफ्नै छायाँदेखि किन तर्सदैछ?’
सत्याग्रहीको माग पूरा गर्ने नगर्ने सरकारको इच्छाको कुरा हो तर सत्याग्रहमा बस्नै दिन्न भनेर बलप्रयोग गर्नु कुन ग्रहको लोकतन्त्र वा साम्यवाद हो?डा केसी जुम्लामा सत्याग्रहमा बस्दा नेपालको संविधान/कानूनको कुन धारा/दफा उल्लंघन हुन्छ?ओली सरकार आफ्नै छायाँदेखि किन तर्सदैछ?#SaveDemocracy
— Baburam Bhattarai (@brb1954) August 28, 2020Shares
प्रतिक्रिया