प्रदेश २ मा पछिल्लो २४ घण्टामा कोरोनाको संक्रमणबाट दुई जनाको मृत्यु हुनुका साथै ३९० जना नयाँ संक्रमित थपिएका छन्।
यस प्रदेशमा सो अवधिमा पर्साबाट ५६ वर्षीया एक महिला र सर्लाहीबाट ३१ वर्षीया एक महिला गरी दुई महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले छ।
योसमेत गरी प्रदेश २ मा कोरोनाको संक्रमणको कारण मृत्यु हुनेको संख्या ६१ पुगेको छ।
यसका साथै, पछिल्लो २४ घण्टामा धनुषामा ६० जना, पर्सामा १३९ जना, बारामा ३९ जना, महोत्तरीमा ३४ जना, रौतहटमा नौं जना, सप्तरीमा चार जना, सर्लाहीमा ९१ जना र सिरहामा १४ जना गरी ३९० जनामा कोरोना पुष्टि भएको प्रवक्ता गौतमले जानकारी गराए।
योसमेत गरी यस प्रदेशमा कोरोना संक्रमितको संख्या आठ हजार ९१० पुगेको छ। रासस

प्रतिक्रिया