ad ad

समाज


बानेश्वरमा स्वास्थ्यकर्मी बसेको होस्टल घेराउः के हो यथार्थ?

बानेश्वरमा स्वास्थ्यकर्मी बसेको होस्टल घेराउः के हो यथार्थ?

नेपालखबर
भदौ ६, २०७७ शनिबार १४:३१,

गत सोमबार बानेश्वरस्थित निजामती कर्मचारी (सिभिल)अस्पतालले आफ्ना स्वास्थ्यकर्मीलाई क्वारेन्टिनमा राख्न वरिपरिकै स्थानमा ‘सकेसम्म निशुल्क वा न्यूनतम मुल्यमा आवास उपलब्ध गराउन चाहाने महानुभावले सम्पर्क गर्नुहोला’ भनेर सुचना जारी गर्यो।

सोही सुचनाका आधारमा मध्यबानेश्वर क्षेत्रमा रहेको लर्ड बुद्ध होस्टलले स्वास्थ्यकर्मीहरुलाई होस्टलमा राख्ने सम्झौता अस्पतालसँग भाद्र ३ गते भएको थियो। तर सम्झौताको मसी सुक्न नपाउँदै होस्टल सञ्चालक रोहित रानाले शनिबार बिहान स्थानीयको हप्की दप्की सहनुपर्यो।

‘हामी उठ्न पाएको थिएनौं, टोल विकास समितिका मान्छेहरु हुलसहित आए,’ रानाले नेपालखबरसँग भने, ‘ठूलो अपराध गरेजस्तो हातखुट्टा भाचिदेउ, तलाई बाहिर ननिस्कने बनाइदिउ जस्तो भाषा प्रयोग गर्दै तुच्छ व्यवहार गर्नुभयो।’

यो पनि- संक्रमितको उपचार : दिनकै ८–१० वटा प्लाज्मा माग, एउटै पुर्‍याउन मुस्किल 

भाद्र ३ गते अस्पतालसँग सम्झौता भएपछि चार र पाँच गते अस्पतालका स्वास्थ्यकर्मी तथा स्टाफहरु होस्टलमा बस्न थालिसकेका थिए। वडाअध्यक्ष नारायणप्रसाद अधिकारीका अनुसार उनीहरुलाई अस्पतालमा ल्याउन पुर्याउन एम्बुलेन्सको प्रयोग हुन्थ्यो। एम्बुलेन्समा मान्छेहरु आहोरदोहोर हुन थालेपछि स्थानीयले कोरोना संक्रमित पो हुन कि भन्ने आशंकामा सोधपुछका लागि बिहान होस्टलमा पुगेका थिए।

‘साइरन बजाएर एम्बुलेन्समा ओहोरदोहोर गरेपछि पोजिटिभ देखिएका मान्छेहरु राख्न लागेको भन्दै स्थानीयहरु त्रसित भएर होस्टलमा पुगेछन,’ अधिकारीले भने, ‘त्यसपछि विवाद हुँदा स्थानीयले होटलवालालाई पनि केही भने होलान। हस्पिटलले पनि वडालाई जानकारी नगराएर त्यहाँ राखेका कारण उक्त विवाद भएको हो। अहिले सबै मिलिसक्यो।’

अस्पतालका निर्देशक डा दीर्घराज आरसीले स्वास्थ्यकर्मी राखिएको स्थानमा हुलहुज्जत हुनु दुर्भाग्य भएको बताए। अस्पताल नै अवस्थित सामाजका मान्छेले स्वास्थ्यकर्मीमाथि ब्यवहार गर्दा भोलि उनीहरुको उपचार कसले गर्ने? डा. आरसीले प्रश्न गरे।

‘सामाजमा स्वास्थ्यकर्मीलाई राख्न नदिने हो भने कता राख्ने? उनीहरु संक्रमित हैनन। नजिक हुनाले डियुटीमा आवातजावत गर्न सजिलो होस भनेर राखेको हो,’ आरसीले भने, ‘अस्पताल नै अवस्थित सामाजमा यस्तो ब्यवहार भए भोली त्यस सामाजका मान्छेहरु बिरामी भए कस्ले उपचार गर्ने?’

स्थानीयले हुलहुज्जत गरेपछि अस्पतालले वडाअध्यक्षलाई पत्र लेख्दै समन्वयन गरिदिन आग्रह गरेको समेत गरेको छ।

No description available.

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .