पोखरा छोरेपाटनका ७ वर्षीय बालक आर्यन परियारलाई बचाइदिन परिवारजनले सबैसँग सहयोगको अपील गरेका छन्।
आर्यनको फोक्सो सुकेको र फोक्सो प्रत्यारोपण गर्न चिकित्सकले सल्लाह दिएको आर्यनको परिवारले जनाएको छ।
दुई वर्ष पहिला सामान्य ज्वरो आएपछि नजिकैको मेडिकलमा लगेर औषधि खुवाएकोमा रोगले च्याप्दै लगेर फोक्सो नै सुकाइदिएको आर्यनकी आमा शान्तिले बताइन्। स्वास्थ्यकर्मीको सल्लाह अनुसार नै निमोनिया र ठेउला भएको भनेर औषधि खुवाएकोमा सोही औषधिको रियाक्सनका कारण उनको यो हालत भएको काठमाडौं आएपछि थाह पाएकी आमा शान्तिले बताइन्।
अहिले आर्यन २४ सै घण्टा अक्सिजन लिएर बाँचिरहेका छन्। उनले आँखा देख्न सक्दैनन्।
अहिलेसम्म आर्यनको उपचारको लागि ८० लाख बढी खर्च भईसकेको शान्तिले बताइन्। छोराको उपचारका लागि घरखेत सबै धितो राखिएको र आर्यनको बुवा खाडी मुलुकमा गएका उनको भनाई छ।
आफ्नै प्रयासबाट बालकको उपचार गर्न सम्भव नभएपछि सहयोगका लागि सबैसँग आग्रह गरेको शान्ति बताउँछिन्।
Shares

प्रतिक्रिया